प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्थाबारे छाउनीस्थित सेन्टरबाट जानकारी लिँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार छाउनीस्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स)काे अवलाेकन गर्ने भएका छन् । त्यहाँ पुगेर उनले कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदै छन् ।

ओलीले छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदै छन् । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले  प्रधानमन्त्री ओली छाउनमा आउन लागेको पुष्टि गरेका हुन् । 

कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सीसीएमसी अप्सको स्थापना गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ११:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया