सार्वजनिक गरियो नेपालको नयाँ नक्सा

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले बुधबार एक पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

अब यो नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ । 

सरकारले जारी गरेसँगै अब यो नयाँ नक्सा प्रचलनमा आउनेछ ।

नक्सा सार्वजनिक कार्यक्रममा यसअघिको नक्सामा नाबी, कुटी तथा गुन्जीलगायतका नेपालका भूमि छुटेको भन्दै त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको मन्त्री अर्यालले कार्यक्रममा बताएकी छिन् । उनले नेपालको नयाँ नक्साबारे भारतबाट पनि सकारात्मक प्रतिक्रिया आउने विश्वास सरकारले लिएको पनि बताएकी छिन् ।

कार्यक्रममा उनले अब नक्सा प्रयोग गर्ने ठाउँमा यही नयाँ नक्सालाई प्रयोग गर्न पनि अनुरोध गरेकी छिन् । 

भारतले नेपाली भूमि अतिक्रमण गरेर मानसरोबर जाने सडक बनाएपछि नेपालको मन्त्रिपरिषद् बैठकले सोमबार यो नयाँ नक्सा पारित गरेको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार १५:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया