नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । बिहीबार विहान १७ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या बढेको छ ।
पछिल्लो समय थपिएका कोरोनाभाइरस संक्रमित झापा, धनकुटा र सुनसरी जिल्लामा थपिएका हुन् ।
झापाको कचनाकवल गाउँपालिकामा मात्रै १५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यसअघि त्यहाँ १० जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए । योसँगै अब कचनाकवलमा मात्र २५ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार धनकुटामा थप एक जना पुरुष र धरान उपमहानगरपालिकामा एक जना महिलामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु क्रमशः ३४ र ५१ वर्षका भएको उनले बताएका छन् ।
उता, झापामा चाहिँ १८ वर्षदेखि ४६ वर्ष उमेर समूहमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
थपिएका १७ जनाको स्वास्थ्य अहिलेसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा पनि रहेको अधिकारीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।