कोरोनाभाइरसः पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित भेटिएका विश्वका चार देश

पछिल्लो २४ घन्टामा विश्वभर कोरोनाभाइरस संक्रमितहरु १ लाख ६ हजारभन्दा बढी भेटिए । कोरोना महामारी फैलिएपछि एकै दिनमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पछिल्लो २४ घन्टामा नयाँ संक्रमित सबैभन्दा बढी चार देशमा भेटिएका छन् । यी चार देशमा ७५ प्रतिशत र अन्यमा अरु संक्रमित भेटिएको संगठनले जनाएको छ ।

संगठनका अनुसार ती चार देश हुन्– अमेरिका, रुस, ब्राजिल र भारत ।

अर्कोतिर विश्व स्वास्थ्य संगठनले विश्वलाई अहिले कोरोनाभाइरस संक्रमण समाप्तितर्फ भएको नसोच्न पनि चेतावनी दिएको छ । धनी देशमा अहिले लकडाउन खोल्ने चरण सुरु भएको तर गरिब देशमा कोरोनाभाइरस झन् द्रुत गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ल्याटिन अमेरिकी देश ब्राजिल अब यो महामारीको नयाँ केन्द्रका रुपमा आइरहेको छ । जहाँ संक्रमितको संख्या बेलायतको भन्दा पनि बढी भइसकेको छ ।

अर्कोतिर युरोपमा पनि कोरोनाको दोस्रो लहर देखिन सक्ने चेतावनी स्वास्थ्य संगठनले दिएको छ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार ९:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया