Mon, 13 Jul, 2020


वरिष्ठ वैज्ञानिकले अमेरिकी सरकारलाई भने– कोरोनाको भ्याक्सिन कुरेर बस्नु बेकार हो
फरकधार / जेठ ८, २०७७

ह्युमन इम्युनोडिफिसियन्सी भाइरसमाथि शोध गरेका अमेरिकाका एक वरिष्ठ वैज्ञानिकले आफूलाई छिट्टै कोरोनाभाइरसको भ्याक्सिन आउला भन्ने नलागेको बताएका छन् । 



‘मलाई लाग्दैन कि कोरोनाको भ्याक्सिन छिट्टै आउँछ,’ उनले भनेका छन्, ‘यसको पर्खाइमा अब बस्नु हुँदैन ।’

उनले निकट भविष्यमा नै कोरोनाभाइरसको भ्याक्सिन बन्ने सम्भावना हुँदै नभएको दाबी गरेका छन् । 

यस्तो दाबी गर्ने वैज्ञानिक हुन्– विलियम हेसलटाइन । विलयमले क्यान्सरदेखि अन्य विभिन्न रोगको शोधमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।

‘कोरोनाभाइरस महामारी रोक्नका लागि सबैभन्दा जरुरी कुरा के हो भने संक्रमितलाई पत्ता लगाउनु पर्छ र उसलाई संक्रमण भएकै ठाउँमा रोक्नु पर्छ, आइसोलेसनमा राख्नुपर्छ,’ उनले भनेका छन्, ‘योभन्दा अरु उपाय नै छैन ।’

अमेरिकी सरकारलाई पनि सल्लाह दिँदै विलियमले भनेका छन्– अब लकडाउन हटाउनका लागि भ्याक्सिन नै कुर्ने हो भने यो सही रणनीति हुँदैन ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्