पछिल्लो समय देखिएको भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादका कारण थप समस्याहरु देखिन थालेका छन् । यही कारणले हुनुपर्छ, भारतीय ह्याकरहरुले अब नेपाली सरकारी साइटहरु पनि ह्याक गर्न थालेका छन् ।
पछिल्लो पटक इन्डियन साइबर ट्रुप्स नामको एक समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्या गरेको छ ।
उसले ह्याक गरेको केही घन्टामा वेबसाइट फिर्ता त आएको छ तर यो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजेको बुझिएको छ ।
१३ घन्टा अगाडि नै इन्डियन साइबर ट्रुप्स नामको फेसबुकमा उनीहरुले यसबारे उल्लेख पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।