दाङमा थप एक जनामा कोरोनाभाइरस

दाङमा थप एक जना पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५४ पुगेको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा घोराही उपमहाननगरपालिकाका ३७ वर्षका पुरुषमा कोरोनाभाइरस पुष्टि भएको हो ।

यसअघि दाङमा दुई जनामा कोरोनाभाइरस पुष्टि भएको थियो । दाङकै तर काठमाडौंमा रहेका अन्य दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १९:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया