कोरोनाका कारण हलिउड अभिनेता निकको स्वास्थ्य जटिल
फरकधार / ९ जेठ, २०७७

एजेन्सी- कोरोनासँग लडिरहेका अभिनेता निक कार्डेरोको स्वास्थ्य जटिल बन्दै गएको उनकी पत्नीले जनाएकी छन् । लामो समयदेखि उनी कोरोनासँग जुधिरहेका छन् ।



बुधबार इन्स्टाग्राममा लाइभमा रुँदै निकको स्वास्थ्य झ्न बिग्रिँदै गएको भन्दै प्रार्थना गरिदिन निकपत्नी अमान्डाले आग्रह गरेकी छिन् । मार्च अन्तिम सातादेखि कोरोनाको उपचारका लागि अस्पतालमा रहेका निकको संक्रमणकै कारण दायाँ खुट्टा गुमाउनुपरेको थियो । 

दायाँ खुट्टाको शल्यक्रियाको केही सातामै अमान्डाले निक कोमाबाट बाहिरिएको र विस्तारै ठीक भइरहेको बताएकी थिइन् । 

  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार ११:३७:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया