दुर्घटनाग्रस्त पाकिस्तानी विमानमा १०७ जना सवार थिए

पाकिस्तानको कराँची सहरमा दुर्घटनामा परेको विमानमा १ सय ७ जना सवार भएको सूचना पाकिस्तानी सरकारले दिएको छ । पाकिस्तानी सरकारका अनुसार ९९ यात्रु र चालक दलका आठ सदस्य सवार थिए । 

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको यो विमान एयरबस ए ३२० पिके ८३०३ दिउँसो एक बजे लाहोरबाट उडान भरेको थियो ।

कराँची विमानस्थलमा अवतरण गर्नुभन्दा ठिक पहिले यो विमान एक कोलोनीमा दुर्घटानग्रस्त भएको थियो । विमान दुर्घटनामा परेपछि त्यहाँबाट कालो धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा जनाइएको छ ।

विमान दुर्घटनामा भएको ठाउँबाट अहिले सामाजिक सन्जालमा केही भिडियोहरु आएका छन् । त्यहाँ सडकमा हिँडिरहेका गाडीहरुमा समेत आगलागी भएको जनाइएको छ ।

पाकिस्तानमा अहिलेसम्म ८० भन्दा धेरै विमान दुर्घटना भएका छन् । पाकिस्तानमा भएका विमान दुर्घटनामा अहिलेसम्म एक हजारभन्दा बढीको निधन भएको छ । 

यसअघि पाकिस्तानमा सन् २०१० को जुलाई २८ मा सबैभन्दा ठूलो विमान दुर्घटना भएको थियो । यो विमान दुर्घटनामा १ सय ५२ जना मारिएका थिए ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १६:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया