दक्षिण सुडानः १० क्याबिनेट मन्त्रीलाई कोरोनाभाइरस संक्रमण

दक्षिण सुडानमा क्याबिनेटकै १० जना मन्त्रीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यी सबै नेताहरुले आआफ्नो क्षेत्रमा लगातार काम गरिरहेको र उनीहरुलाई संक्रमण भएको बताइएको छ । यी सबै मन्त्री त्यहाँ कोरोनाभाइरस महामारीविरुद्ध लड्न बनेको टास्क फोर्समा सहभागी पनि थिए ।

यसअघि दक्षिण सुडानका राष्ट्रपतिलाई पनि कोरोनाभाइरस संक्रमण भएको भनिएको थियो । तर, त्यहाँको सरकारले यो समाचार गलत भन्दै खण्डन गरेको छ ।

दक्षिण सुडानमा केही दिन यता कोरोनाभाइरस संक्रमित संख्यामा उछाल आएको छ । त्यहाँ अहिलेसम्म ३ सय जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । ६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १७:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया