मृत्यु भएको ३१ घन्टापछि गुल्मीका कोरोनाभाइरस संक्रमितको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले अस्पतालबाट शव निकालेर शुक्रबार दिउँसो बुटवलकै जंगलमा उनको शव गाडेको हो ।
यसअघि उनको शव तिलोत्तमा नगरपालिकाको वडा नम्बर ३ मा रहेको मगरघाटमा जलाउने योजना बनाइएको थियो । तर, स्थानीयले यसमा असहमति जनाएका थिए । स्थानीयहरुले अर्को ठाउँमा पनि शव जलाउन दिएनन् । स्थानीयको अवरोध भएपछि उनको शव गाडिएको हो ।
अर्कोतिर, मृतकका परिवारले अस्पतालले राम्रोसँग उपचार नगर्दा उनको निधन भएको भन्दै अस्पतालमाथि छानबिन गर्न माग राखेका छन् । उनीहरुले शव गाड्ने विषयमा पनि आफूहरुसँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।