पाँच सिडिओकाे सरुवा

गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरेको हो। रसुवाको प्रजिअमा गृह मन्त्रालयका हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ।  

त्यस्तै बाजुरामा कृष्ण गैरे तथा बैतडीमा मोहन जोशीलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ। बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा ल्याइएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १७:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया