चितवनका संक्रमितः श्रीमान–श्रीमती, भारतबाट उपचार गरेर फर्किएका

भरतपुरमा केही दिनअघि मात्र एउटै परिवारका आमा र छोरामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । दुवै जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । 

फेरि शुक्रबार चितवनमा दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यी दुवै जना पनि एउटै परिवारका हुन् । उनीहरु श्रीमान र श्रीमती भएको खुलेको छ । ७४ र ७३ वर्षका उनीहरु केहीअघि मात्र भारतमा उपचार गर्न पुगेका थिए । 

संक्रमित पुरुषको फोक्सोको क्यान्सर भएको र उनलाई उपचार गराउन श्रीमती पनि भारतसम्म पुगेको खुलेको हो । 

यी दुई जना चैतमा भारत पुगेका थिए । दिल्लीको राजीव गान्धी अस्पतालमा उपचार गरेर फर्किएपछि कोरोनाभाइरस परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितहरु बढ्दै गएपछि उनीहरु नेपाल फर्किएका थिए ।

एम्बुलेन्समा उनीहरु दिल्लीबाट फर्किएका थिए । त्यसपछि होम क्वारेन्टाइनमा बस्ने गरेको उनको परिवारले जनाएको छ ।



स्वास्थ्य मन्त्रलायका अनुसार उनीहरुलाई अब भरतपुरको कोरोना विशेष अस्पतालमा राखिएको छ । दुवैको स्वास्थ्य सामान्य भएको बताइएको छ ।



  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १९:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया