पछिल्लो समय पनि बलिउड अभिनेता अर्जुन कपुरले सामाजिक सन्जालमा आफ्नी आमाका तस्वीर सेयर गरिरहेका छन् । उनले आमालाई अत्यन्त मिस गर्ने गरेको पनि बताउँदै आएका छन् ।
अब एक अन्तर्वार्तामा अर्जुनले एउटा खुलासा गरेका छन् । अर्जुनका अनुसार उनले आमाको निधन भएपछि ६ वर्षसम्म उनको कोठा नखोलेको बताएका हुन् ।
‘आजभोलि घरबाट निस्किँदा र कामबाट घरमा फर्किँदा मलाई निकै नराम्रो लाग्छ,’ उनले भनेका छन्, ‘किनकि घरमा आमा हुनुहुन्न ।’
अर्जुनकी आमा तथा बोनी कपुरकी पहिली श्रीमती मोनाको सन् २०१२ मा क्यान्सरका कारण निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।