आठ काेराेनाभाइरस संक्रमित अझै छन् क्वारेन्टाइनमै

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ का आठ कोरोना संक्रमित अझै क्वारेन्टाइनमै बस्न बाध्य छन् । जसमध्ये चारजना बालबालिका हुन् । आइसोलेसन बेड नहुँदा उनीहरू एउटै कोठामा बस्न विवश भएका हुन् ।

उनीहरू तेनुवा गाउँको एक मदरसामा बसेका बताएको छ । बालबालिकामध्ये दुईजनाका आमा संक्रमित छन् । दुईजना बालबालिकाका अभिभावक संक्रमित छैनन् । उनीहरू धेरै समस्यामा परेका हुन् । उनीहरूलाई खाना घरबाटै ल्याइए पनि नियमित स्वास्थ्य अवस्था बुझ्ने स्वास्थ्यकर्मी छैनन् । कोरोना संक्रमित भएका र क्वारेन्टाइनमा बस्ने सबैले एउटै चापाकलको पानी पिउँदै आएका छन् । जसका कारण कोरोना संक्रमण समुदायमा फैलिन सक्ने जोखिम बढेको छ । 

अहिलेसम्म संक्रमित बसेका क्वारेन्टाइनमा नगरपालिकाका जनप्रतिनिधि पुगेका छैनन् । सरोकारवालाले चासो नदिएको स्थानीयवासीको आरोप छ ।  कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाण्डेले संक्रमित सबैलाई अलग राख्ने तयारी गरिएको जानकारी दिए ।

‘आइसोलेसन बनाएर उनीहरूको व्यवस्थापन गरिनेछ,’ उनले भने ।

शुक्रबारसम्म आइसोलेसन वार्ड तयार गरिने महाराजगन्ज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम कलवारले बताए । बजार क्षेत्रबाट नजिक रहेको विद्यालयमा संक्रमित राख्न लागेपछि स्थानीयले विरोध गरे पनि उनीहरू क्वारेन्टाइनमै बसिरहेका हुन् । कोरोना संक्रमित सबै भारतको मुम्बईमा एक कवाड संकलन केन्द्रमा काम गर्ने रहेको स्थानीयको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १९:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया