झापाको सीमामा फेरि नेपाली प्रहरीमाथि भारतीयको आक्रमण

भारतीय नागरिकहरुले झापाको सीमामा नेपाली सुरक्षाकर्मी माथि गर्ने आक्रमण अझै रोकिएको छैन । भारतीयहरु नेपाल प्रवेश गर्न खोजेपछि नेपाली सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरुले आक्रमण गर्ने गरेका हुन् । भारतीय नागरिकले आज शुक्रबार पनि नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । उनीहरुको आक्रमणबाट नेपाल सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरी घाइते भएका छन् ।

झापामा कोरोनाभाइरसको हटस्पट बनेको कचनकवल गाउँपालिकामा रहेको १२२ नम्बर पिलर नजिकै यो घटना भएको हो । 

त्यहाँ पाँच जना सशस्त्र प्रहरी सीमा सुरक्षाका लागि खटिएका थिए । 

शुक्रबार विहान त्यही ठाउँमा भारतीय नागरिक आएर नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् । पहिले केही भारतीय आएको र सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल नआउनु भनेपछि कम्तिमा पनि ६० जना भारतीय आएर नेपाली सशस्त्रमाथि आक्रमण गर्न थालेको बताइएको छ । 

यो घटना भएपछि नेपाली नागरिक पनि सीमामा भेला भएपछि भारतीय भागेका थिए ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार २०:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया