कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। कनेक्टिकटमा एक नेपालीको निधन भएको हो। पुर्ख्यौली थलो पोखरा भएका राज सेन ठकुरीको आज निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्।
अमेरिकामा कोरोनाको कारण निधन हुने नेपालीको संख्या १४ पुगेको छ।
५६ वर्षिय ठकुरी विगत डेढ महिनादेखि अस्पतालमा उपचाररत रहेको बताइएको छ। कनेक्टिकटमा एक्लै बस्दै आएका ठकुरीको निधनपछि अहिले उनको परिवारसंग सम्पर्क गरी प्रक्रिया अघि बढाइएको जानकारी मेरिल्याण्डका राज्य सांसद (डेलिगेट) ह्यारी भण्डारीले दिएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।