मकवानपुरकी कोरोनाभाइरस संक्रमित टिचिङ अस्पतालमा

शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएकी मकवानपुरकी ५४ वर्षकी महिला टिचिङ अस्पतालमा भएको खुलेको छ । उनी महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको खुलेको हो । 

मुटुमा समस्या देखिएसँगै उनी एक साताअघि अस्पतालमा भर्ना भएकी थिइन् । 

लक्षण नदेखिए पनि कोरोनाभाइरस परीक्षण गर्न पिसिआरका लागि स्वाब पठाउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो । 

अब अस्पतालमा उनलाई आइसियूमा राख्ने तयारी भएको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ६:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया