पाँचथरमा वडाध्यक्षले युवालाई ‘दलितलाई बैठकमा बस्न दिन्नँ’ भन्दै बाहिर निकाले

पाँचथरको हिलिहाङ गाउँपालिकाको ५ नम्बर वडाको बैठक थियो । तीन दिन अघिको यो बैठक त्यहाँ वडा कार्यालय बनाउनका लागि डाकिएको थियो । बैठकमा सहभागी थिए, त्यहाँ भएका सबै पार्टीका प्रतिनिधि । 

तर, वडाध्यक्ष लक्ष्मी सुहाङलाई एक युवकप्रति यति रिस उठ्यो कि उनले ती युवालाई बाहिर निकालिदिए । त्यसको पनि एउटै कारण थियो, ती युवालाई वडाध्यक्ष लक्ष्मीले ‘दलित’ देखेका थिए । 

ती युवा थिए, नेपाली कांग्रेसका प्रतिनिधि वीरबहादुर उभरकोटी ।

आफुले बोलाएको भन्दा अरु नै मान्छेलाई पार्टीले बैठकमा पठाएको र त्यसमा पनि दलितलाई पठाएकोमा अध्यक्ष सुहाङले बैठकमा नै आक्रोश पोखेका थिए । कांग्रेसको वडा कार्य समितिका सचिव समेत रहेका उभरकोटीले यसबारे बैठकका अरुले पनि कुनै प्रतिक्रिया नदिएको भन्दै आक्रोश पोखेका छन् । 

घटनापछि कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रवार वडा कार्यालयमा निवेदन दर्ता गरेको छ। 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ११:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया