ग्रान्डी अस्पतालमा कोरोना संक्रमित भेटिए, अस्पताल सिल गरिने

काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै अब ग्रान्डी अस्पताल सिल गरिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार काठमाडौंमा भेटिएका कोरोनाभाइरस संक्रमित तिनै कर्मचारी भएको खुलेको हो । उनी ३५ वर्षका पुरुष हुन् ।
ग्रान्डीका कर्मचारी भए पनि उनी स्वास्थ्यकर्मी चाहिँ होइनन् । 

अब उनको कन्ट्याक ट्रेसिङ गरिने पनि तयारी छ । यसका लागि स्वास्थ्य मन्त्रालयको टोली अस्पतालमा पुगेर काम सुरु गरिसकेको छ ।
 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १५:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया