भारतमा एक दिनमा भेटिए सबैभन्दा धेरै संक्रमित

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्म पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भेटिएका छन् । भारतीय मिडियाहरुका अनुसार पछिल्लो समय ६ हजार ६ सय ५४ जनाभन्दा बढीमा कोरोनाभाइरस देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै अब भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २५ हजार १ सय १ पुगेको छ ।

यो साता भारतमा ६ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको यो दोस्रो दिन हो । शुक्रबार पनि भारतमा ६ हजार ८८ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।

भारतमा पछिल्लो २४ घन्टामा १ सय ३७ जनाको निधन भएको छ । योसँगै त्यहाँ कोभिड १९ का कारण ३ हजार ७ सय २० जनाको निधन भएको छ ।

अहिलेसम्म भारतमा ४१ प्रतिशतले चाहिँ कोरोनाभाइरसलाई जितेका छन् । त्यहाँ ५१ हजार ७ सय ८३ जना कोरोनाबाट निको भएका छन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १५:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया