भारतले २ महिनापछि मात्र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

भारत सरकारले अन्तर्राष्ट्रिय उडानको पहिलो सेवा अगस्टबाट मात्र सुरु गर्ने भएको छ । तर, त्यहाँ घरेलु उडानहरु यही २५ मेबाट सुरु गर्ने भनिएको छ । 

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले शनिबार आरोग्य सेतु एप भएका यात्रुहरूका लागि यो विमान सेवा सुरु गरिएको बताएका छन् । 

आरोग्य सेतु एपमा ग्रिन सिग्नल भएका यात्रुहरुले उडानपछि पनि क्वारेन्टाइनमा बस्न नपर्ने उनले बताएका छन् । उनले घरेलु उडान २५ मेमा सुरु गर्ने र ३१ मेसम्म लकडाउन गर्ने कुरामा कुनै विरोधाभास नभएको पनि बताएका छन् ।

फेसबुकमा लाइभ आएका मन्त्री सिंहले चाहिँ आरोग्य सेतु एप पासपोर्ट जस्तै भएको बताएका छन् । अनि उनले यसका लागि मन्त्रालयले विशेष गाइडलाइन्स जारी गर्ने पनि बताएका छन् ।

तर, ३ घण्टासम्मका फ्लाइट भएकाले विमानमा खाना नदिइने पनि उनले प्रस्ट्याएका छन् । 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १५:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया