थपिए ३६ जना काेराेनाभाइरस संक्रमित, कूल ५८४
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटा ।

नेपालमा थप ३६ जनामा काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शनिबार दिउँसाेसम्म थप ३६ जनामा संक्रमण देखिएकाे हाे । यसअघि शनिबार विहान नै ३१ जनामा काेराेनाभाइरस संक्रमण देखिएको थियोे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार अब नेपालमा कूल संक्रमित ५८४ पुगेका छन् ।

सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नरैनापुरका १५ जना, नरैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

उनीहरू सबैको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १६:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया