सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यो बैठक सचिवालय बैठक मात्र नभएर शीर्ष नेताबीचको छलफलका रुपमा पनि बुझिएको छ । किनकि बैठकमा नेकपाका दुई नेता भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ ।
बैठकमा आगामी आर्थिक बर्षको बजेटबारे पनि छलफल गरिने स्रोतले बताएको छ । त्यस्तै, पछिल्लो राजनीतिक परिस्थिति र संविधान संशोधनको विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ ।
भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता समेत गरिसकेको अवस्थामा बैठकमा सो विषयले प्राथमिकता पाउनुका साथै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा पनि छलफल हुन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।