कोरोनाभाइरसः के हाे नेपालको पछिल्लो स्टाटस ?

नेपालमा कोरोना कहर विस्तारै बढ्दै छ । शुक्रबार एकै दिन नेपालमा ६८ जना कोरोनाभाइरस संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ जना पुगेको छ । 

नेपालको सन्दर्भमा सबैभन्दा धेरै अहिले बाँकेमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । शुक्रबार दिउँसोसम्म बाँकेमा मात्र १ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बाँकेपछि पर्सामा पनि झन्डै सय जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पर्सामा अब ९१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । बाँकेमा २१ जनाले कोरोनाभाइरसलाई जितेका छन् भने पर्सामा ३ जनाले ।

बाँकेमा शुक्रबार मात्र २१ जनाले कोरोनाभाइरसलाई जितेका हुन् । उनीहरु सबैको शुक्रबार नै डिस्चार्ज गरिएको छ ।

त्यसो त बाँकेमा एक जनाको कोरोनाभाइरसका कारण निधन पनि भइसकेको छ ।

कपिलवस्तुमा पनि अब कोरोनाभाइरस संक्रमितको संख्या ७७ पुगेको छ । रुपन्देही, झापा, उदयपुर र सर्लाहीमा क्रमशः ३७, ३६, ३३ र ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । 

नेपालमा सबैभन्दा धेरै उदयपुरमा २३ जनाले कोरोनाभाइरसलाई जितेका छन् ।



नेपालमा ४० जिल्लाका मानिसमा कोरोनाभाइरस संक्रमण फैलिएको छ । नेपालमा अहिलेसम्म कोरोनाभाइरस जित्नका लागि औसतमा २० दिन संक्रमित अस्पतालमा बसेका छन् ।

अब नेपालमा ५ सय ११ जना आइसोलेसनमा रहेका छन् । 



नेपालमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित २१ देखि ३० वर्षसम्मका रहेका छन् । यो उमेर समूहमा शुक्रबार सम्म २ सय १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ८० वर्षभन्दा माथिका एक जना र १० वर्षभन्दा मुनिका १७ जनामा नेपालमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

९ माघमा पहिलो केस देखिएको नेपालमा १० जेठसम्म आइपुग्दा परीक्षण पनि बढेको छ । सँगसँगै दैनिक संक्रमित भेटिने क्रम पनि बढ्दो छ ।

नेपालमा अहिलेसम्म ३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १८:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया