बुटवलमा कोरोना विशेष अस्पतालमा भर्ना भएका १० जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
उनीहरु सबै कपिलवस्तुका हुन् । दुई साताअघि उनीहरु अस्पताल भर्ना भएका थिए । तर, पछिल्ला दुई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
यो अस्पतालमा ३६ जना कोरोनाभाइरस संक्रमित थिए । अब १० जना निको भएर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणलाई जित्नेको संख्या ७० पुगेको छ । अब नेपालमा ५ सय १८ जना आइसोलेसनमा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।