अमेरिकामा १६ लाखभन्दा बढी कोरोना संक्रमित

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १६ लाख ११ हजारभन्दा बढी भएको छ ।

जोन्स हप्किङ्स विश्वविद्यालयले निकालेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १६ लाख ११ हजार ६ सय ९१ जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । 

अमेरिकामा यो भाइरसका कारण निधन हुनेको संख्या पनि अब झन्डै एक लाख पुगेको छ । शनिबार अबेर राति आएको तथ्यांकअनुसार अमेरिकामा कोभिड १९ का कारण ९६ हजार ४ सय ७९ जनाको निधन भइसकेको छ । 

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित देश नै अमेरिका बनेको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार २३:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया