जर्मनीः ४० जना संक्रमित पाएपछि चर्चहरु बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मात्र अमेरिकामा अब चर्चहरु खोल्नु पर्ने र अमेरिकालाई प्रार्थना आवश्यक रहेको बताएका थिए । तर, युरोपमा कोरोनाभाइरसका कारण प्रभावित देशहरुमध्ये एक जर्मनीमा चाहिँ चर्चहरु खोल्दा संक्रमण झन् बढेको छ । 

जर्मनीमा लकडाउनको नियमलाई केही खुकुलो बनाएर चर्च खोलेपछि त्यहाँ एक प्रार्थनामा भाग लिएका ४० जनामा संक्रमण देखिएको छ ।

यो १० मेको फ्याङ्कफर्टमा एक चर्चमा भएको कार्यक्रम हो । त्यहाँ सहभागी भएकामध्ये ४० जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

चर्चका अधिकारीहरुले आफूहरुले सामाजिक दूरीको नियम मानेको बताएका छन् । उनीहरुले चर्चलाई डिसइन्फेक्ट गरेको पनि बताएका छन् । तर, संक्रमित बढेपछि अब जर्मनीमा फेरि चर्चहरु बन्द हुने भएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया