न्युयोर्कमा घट्न थाल्यो कोरोनाबाट मृत्यु हुने संख्या

अमेरिकामा कोरोनाभाइरस महामारीको हटस्पट बनेको न्युयोर्कमा पछिल्ला केही दिन यता लगातार मृतकको संख्या घटिरहेको छ । गत मार्च यता न्युयोर्कमा अब एक दिनमा हुने मृत्युमा अघिल्लो दिनको भन्दा एक सयभन्दा कमी आएको छ ।

पछिल्ला २४ घन्टामा न्युयोर्कमा कोरोनाका कारण ८४ जनाको निधन भएको त्यहाँका गर्भनर एन्ड्र्यु क्योमोले बताएका छन् । 

अप्रिलमा जब त्यहाँ कोरोना महामारी सुरु भएको प्रत्येक दिन कम्तिमा पनि एक हजारभन्दा बढीको मृत्यु भइरहेको थियो । 

‘त्यति बेला मैले १०० भन्दा कम भन्ने मात्र सोच्थेँ,’ उनले भनेका छन्, ‘तर, अब म शून्यमा जान चाहन्छु, ८४ परिवारलाई परेको दुःख पनि म बुझ्न सक्छु ।’

उनले अब न्युयोर्कमा १० जना व्यक्तिहरु खास वा विशेष उद्देश्यका लागि जम्मा हुन पाउने पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ४:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया