कोरोना महामारीः झन् बढ्यो गेट्स, जुकरबर्गको सम्पत्ति

कोभिड १९ का कारण अहिले विश्व निकै ठूलो तनावमा छ । विश्वको अर्थतन्त्रमा पनि ठूलो नोक्सान पुगेको छ । कतिपयले रोजगारी गुमाएका छन् भने कतिपय देशमा निकै आर्थिक संकट देखिने निश्चित भएको छ । 

तर, अमेरिकी अर्बपतिहरुको चाहिँ यही समयमा सम्पत्तिमा कम्तिमा पनि ४३४ अर्ब डलरको वृद्धि भएको छ । 

अमेजनका सिइओ जेफ बेजोसको सम्पत्ति यही समयमा ३४.६ अर्ब डलर बढेको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गको सम्पत्तिमा २५ अर्ब डलर वृद्धि भएको छ । बिल गेट्सको सम्पत्तिमा पनि उल्लेख्य वृछि भएको छ । 

अमेरिकन्स फर ट्याक्स फेयरनेसका अनुसार अमेरिकामा अर्बपतिहरु आर्थिक रुपमा निकै अगाडि बढेका छन् जबकी बाँकी अमेरिकामा कोरोनाभाइरस महामारीका कारण निकै ठूलो समस्या देखिन थालेको छ ।
 





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ४:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया