Tue, 07 Jul, 2020


बलिउड अभिनेता किरण कुमारलाई कोरोना
फरकधार / जेठ १०, २०७७

भारतमा पछिल्लो समय लगातार कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । भारतीय मिडिया नवभारतटाइम्सका अनुसार अब बलिउड अभिनेता किरण कुमारमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । 



किरण कुमारले नै आफ्नो १४ मेमा गरेको टेस्ट पोजिटिभ आएको बताएका छन् । उनी आफूलाई कोरोना देखिएपछि घरमा नै रहेका छन् । उनको अर्को टेस्ट २५ मेमा हुँदैछ । 

उनले आफूलाई कोरोना संक्रमण पाइए पनि कुनै लक्षण नदेखिएको बताएका छन् । र, पछिल्लो समय घरमा बसेर आफूले सकारात्मक कुरा गरिरहेको उनले बताएका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्