भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयाैँ रहेको छ ।
भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।
तर अर्काेतिर यसले नेपालमा काेराेनाभाइरस संक्रमण फैलावट बढाएकाे जाेखिम पनि बढ्दाे छ । किनकि नेपालमा पछिल्लाे समय ८० भन्दा धेरै प्रतिशत संक्रमण भारतबाट फर्किएकाहरुमा देखिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।