मुसामा सफल भयो, थाइल्यान्डमा अब कोरोनाको औषधी बाँदरमा परीक्षण हुने

विश्वलाई अहिले समस्यामा पारिरहेको कोरोनाभाइरसको औषधीको खोजी पनि विश्वभर भइरहेको छ । विश्वमा झन्डै दुई दर्जन देशले यसको भ्याक्सिन र औषधीका लागि काम गरिरहेका छन् । 

यहीबीच थाइल्यान्डमा अब कोरोनाका लागि भनेर बनाइएको औषधी बाँदरमा परीक्षण सुरु गर्ने भइएको छ ।

थाइ सरकारका विज्ञान विभागका मन्त्रीले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार थाइल्यान्डमा मुसामाथि गरिएको प्रयोग सफल भइसकेको छ । 

तर, यो परीक्षणको नतिजा पनि सेप्टेम्बर नभइ नआउने थाइ सरकारले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ८:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया