विश्व महामारी कोरोनाभाइरसका कारण हुने कोभिड १९ ले विश्वभर १ सय १७ नेपालीको ज्यान लिइसकेको छ । यो संख्यामा नेपालमा यसका कारण ज्यान गुमाएका तीन जना पनि समावेश छन् ।
गैरआवासीय नेपाली संघले यो तथ्यांक सार्वजनिक गरेको हो ।
एनआरएनको स्वास्थ्य समितिले जनाएअनुसार यो सातामात्र २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो साता सबैभन्दा बढी युएईमा ९ नेपालीले ज्यान गुमाएका छन् । साउदी अरब, बेलायत, नेपाल, अमेरिका, कतार र कुवेतमा क्रमशः ५, २, २, १ र एक जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै नेपालीले ज्यान चाहिँ बेलायतमा गुमाएका छन् । बेलायतमा मात्रै अहिलेसम्म कोभिड १९ का कारण ६५ नेपालीले ज्यान गुमाएका छन् । युएईमा यो संख्या १८ छ ।
उता, अमेरिकामा १६ जना र साउदी अरबमा ७ जनाले ज्यान गुमाएका छन् । कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, बहराइन, स्वीडेन र कुवेतमा एक–एक जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
एनआरएनएको तथ्यांकअनुसार अहिलेसम्म विदेशमा ९५ पुरुष र १९ महिलाले ज्यान गुमाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।