भारतमा पछिल्लो २४ घन्टामा पनि ६ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । भारतमा लगातार तेस्रो दिन ६ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । योसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ३१ हजार ८ सय ६८ जना पुगेका छन् ।
यही समयमा भारतमा १ सय ४७ जनाको निधन भएको छ ।
भारतमा अब सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा मात्र ४७ हजार १ सय ९० जना संक्रमित पुगेका छन् । त्यहाँको मुम्बईमा मात्र २८ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । अहिलेसम्म मुम्बईमा मात्र १५७७ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।