चीन र अमेरिकाबीच खतरनाक शीत युद्धमा धकेल्ने कोशिस भइरहेको छः चिनियाँ विदेशमन्त्री

चीनका विदेशमन्त्री वांग यीले प्रेस कन्फ्रेन्समा चिनियाँ विदेश नीतिबारे बताएका छन् । उनले यो वर्ष राष्ट्रपति सी जिनपिङले अन्य देशहरुसँग काम गरिरहेको र यसलाई एउटा स्थायित्व दिने विश्वास गरेका छन् । 

यतिमात्र होइन, उनले पछिल्लो समय चीन र अमेरिकाबीचको शीतयुद्धलाई अझ बढावा दिन खोजिएको पनि बताएका छन् ।

‘अमेरिकाभित्र केही राजनीतिक तत्वहरु चीन अमेरिका सम्बन्ध आफ्नो फाइदाका लागि गलत दिशामा लैजान खोजिरहेका छन्,’ उनले भने, ‘दुवै देशलाई नयाँ शीतयुद्धमा धकेल्ने प्रयास भइरहेको छ । यो खतरानक कोशिस हो जसलाई हामीले पछाडि धकेल्नु पर्ने छ ।’

उनले चीनले आफ्नो सम्प्रुभताको रक्षा गर्ने र प्रगति गर्दै अगाडि बढ्ने अधिकारलाई प्रयोग गर्ने पनि बताएका छन् । 

उनले अमेरिकामा हुने परिवर्तनका लागि चीनलाई कुनै चासो नहुने पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १३:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया