भारतबाट फर्किँदै गर्दा अर्घाखाँचीका एक युवककाे बाटाेमै निधन

भारतको गुजरात हुँदै नेपाल फर्किनेक्रममा एक नेपालीको मृत्यु भएको छ । शनिबार अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका– ९ का ३५ वर्षीय कृष्ण बहादुर गैरेको मृत्यु भएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

दुईटा बसमा आएका मध्ये गैरेको बाटो मै मृत्य भएको हो ।  उनले बाटोमा साथीहरुसँग खाना खाएपछि वान्ता गरेका थिए । 

आगरा पुगे पछि मृतकले छाती दुखेको साथीहरु बताए पछि लखनउ अस्पतालमा लैजानेक्रममा उनको बाटामै मृत्यु भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । दुई वटा बसमा कुल ९८ जना यात्री थिए ।

मृतकसहित ती सबैलाई कृष्णगर ल्याईएको छ । त्यसबारे सम्बन्धित पालिका र परिवारलदाई समेत जानकारी गराएको प्रहरी उपरिक्षक जबराले बताए । 

मृतक गैरे उच्च रक्तचापका बिरामी थिए । मापसे समेत गरेको प्रहरीले जनाएको छ । मृतक र उनीसँग सपर्कमा रहेका १० जनाको स्वाब समेत संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फाेकलपर्सन कुमार थापाले बताए । मृतकको शवलाई उनको घरमा एम्बुलेन्स मार्फत प्रहरी उपरिक्षक दीप शमसेर जबराले बताए ।  





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १८:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया