भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ३१ मेदेखि लकडाउन खुला हुने वा नहुने भन्नेबारे अहिले केही भन्न नसकिने बताएका छन् ।
उनले भनेका छन्, ‘अब आउने समय झन् समस्या हुनेवाला छ किनकि कोरोना संक्रमितको संख्या बढ्दो छ ।’
उनले अहिले नै महाराष्ट्रले घरेलु उडान पनि गर्न नसक्ने बताएका छन् । यतिमात्र होइन, ठाकरेले अब मनसुनको समय आएकाले अन्य समस्याहरु पनि देखिन सक्ने बताएका छन् ।
भारतमा महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो । त्यहाँ ४७ हजारभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।