जग्गासम्बन्धी विवादमा कुटाकुट, दुईकाे मृत्यु

राजविराजमा जग्गासम्बन्धी विवादका कारण सप्तरीमा २ जनाको ज्यान गएको छ । छिमेकीको कुटाइबाट शनिबार साँझ डाकनेश्वरी नगरपालिका-५ का ५० वर्षीय सुकदेव खंग मण्डलको ज्यान गएको हो । 

घाइते मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याई थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएकोमा शनिबार मध्यरात मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले बताए । थियो ।

मृतकका छोरा अशोककुमारका अनुसार १२ जनाको समूहले उनलाई धारिलो हतियार र लाठी प्रहार गरेका थिए । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरीको महदेवा गाउँपालिका-१ मा पनि जग्गासम्बन्धी विवादकै कारण एक जनाको ज्यान गएको छ । वैशाख २३ गते छिमेकीको कुटाइबाट टाउको र खुट्टामा गम्भीर चोट लागेका महदेवा-१ का ८० वर्षीय सुबिलाल यादवको उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १९:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया