१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका-७ च्याङ्लिका १७ वर्षीय दिपेन्द्रकुमाल रहेको प्रहरीले जनाएको छ । गत वैशाख २० गते बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जायरी उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वासुदेव खतिवडाले बताए ।
कुमाललाई आइतबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।