अब सप्तरीमा पनि काेराेना परीक्षण हुने

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनमा आउने भएको छ ।

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय जनकपुरले राजविराजका लागि मेसिन पठाएपछि कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउने निश्चित भएको र सोमबारबाट सञ्चालनको प्रक्रिया अघि बढने प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार प्रदेश सरकारले जनकपुर अस्पताल र राजविराजका लागि पिसिआर मेसिन खरिद गरी सञ्चालनका लागि पठाइएको छ ।

उक्त मेसिन शुक्रबार साँझ राजविराजस्थित गजेन्द्रनारायण अस्पताल ल्याइपुर्याइएकाे र सोमबारबाट सञ्चालनमा ल्याइने मन्त्री साहले बताएका छन् ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पिसिआर मेसिन आइतबार ईन्जिनियरसहितको टोलीले प्रयोगशालामा जडान गर्ने कार्यलाई अगाडि बढाएको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २२:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया