कोरोनाभाइरसः अखबारको पहिलो पूरै पानमा मृतकको नाम

यो यस्तो क्षति हो जसको कुनै हिसाब नै हुनसक्दैन, जसको कुनै गणना नै हुनसक्दैन । इनक्यालकुलेबल लस ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले २४ मेको आफ्नो पहिलो पानामा यही शीर्षक छापेको छ ।

अमेरिकामा कोरानाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख पुग्नै लागेको छ । 

मृतकलाई श्रद्धाञ्जली दिँदै र उनीहरुको निधनमा शोक व्यक्त गर्दै पत्रिकाले आफ्नो पहिलो पानामा पूरै उनीहरुको नाम प्रकाशन गरेको छ ।

अनि न्युयोर्क टाइम्सले लेखेको पनि छ– यो सिर्फ एउटा सूचीको नाम होइन, उनीहरु कुनै समय हामीसँगै थिए ।

न्युयोर्क टाइम्सले आफ्नो ट्विटर ह्यान्डलमा पनि यो फ्रन्ट पेज पोस्ट गरेको छ । सामाजिक सञ्जालमा यसको निकै प्रशंसा गरिएको छ ।



यसअघि ब्राजिलको पत्रिका ओ ग्लोबोले १० मेमा लेखेको थियो– १० मे, १० हजार पीडित, १० हजार रोकिएका कथा !



  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २२:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया