भरतपुर अस्पतालमा उपचाररत पुरूषको मृत्यु, स्वाब परीक्षणको नतिजा बाँकी

चितवन–  भरतपुर अस्पतालको आइसियुमा उपचाररत पुरूषको मृत्यु भएको छ । उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो ।

नवलपरासी रामग्राम–५ का ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर बिरामी भएको र अस्पताल भर्ना भएको बताइएको छ । अस्पताल ल्याउँदा उनमा छाती दुख्ने, बान्ता हुने तथा श्वाप्रश्वासको समस्या थियो । 

उनको बुटवलमा नै कोरोनाको परीक्षणका लागि स्वाब लिइएको भए पनि नतिजा आइसकेको छैन । भरतपुर अस्पतालले पनि स्वाब परीक्षणको तयारी गरेको छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १०:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया