प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त, एकको मृत्यु

महोत्तरी– जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी  लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई  पक्राउ गरेको जनाइएको छ ।  

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर  भीडन्त भएको थियो । चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।

सोही स्थानबाट  अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ । सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १०:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया