एकै परिवारका १८ जना कोरोना मुक्त भएर घर फर्के

वीरगन्ज– वीरगन्जमा एकै परिवारका १८ जना कारोना संक्रमणबाट मुक्त भएर आइतबार अस्पतालबाट घर फर्किएका छन् । नारायणी अस्पतालमा उपचाररत उनीहरु आइतबार। राति डिस्चार्ज भएका हुन् । 

कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया–३ का एकै परिवारका चार महिने र ६ महिने २ शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । 

उनीहरुमध्ये ३६ वर्षे पुरुषमा सबै गत वैशाख २१ गते कोरोना पुष्टि भएको थियो । उनलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेको थियो ।  

सोही क्रममा वैशाख २४ गते उनको परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिलासहित थप १७ जनामा कोरोना पुष्टि भएको थियो । 

उपचारपछि सो परिवारका १८ जनै कोरोनामुक्त भएर घर फर्केका हुन् । उनीहरू सबैजनाको पछिल्ला दुईपटकको पिसिआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराएका ७१ जनामध्ये २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने अरु ४४ जनालाई आइसोलेसनमा उपचार भइरहेको छ । भर्ना रहेका संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १०:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया