कैलाली– कैलालीको गौरिफन्टा नाकाबाट नौ दिनमा १२ हजार जना नेपाल भित्रिएका छन् । तीमध्ये एक हजारको मात्रै कोरोना परीक्षण भएको छ भने ११ हजारको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ २ गतेदेखि ११ गतेसम्म १२ हजार भन्दा बढीको उद्धार गरेको जनाएको छ । सीमा नाकाबाट प्रत्येक दिन हजारौंको भिड नेपाल प्रवेश गरे पनि स्थानीय प्रशासनसँग परीक्षण गर्न किट नहुँदा उनीहरुको परीक्षण हुन नसकेको हो ।
परीक्षणको दायरा बढ्न नसक्दा जोखिम बढ्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार किटलगायत आवश्यक स्वास्थ्य सामग्री आइपुग्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।