Mon, 06 Jul, 2020


रेष्टुरेन्ट र बार खुलेपछि बियर फ्रि
फरकधार / जेठ १२, २०७७

केही समययता कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लगाएपछि रेष्टुरेन्ट जानेहरुलाई अब धेरै मिस भएको हुनसक्छ, त्यहाँको खाना । 



कतिले त बियर र अन्य मदिराजन्य पदार्थको पनि अभाव महसुस गरिरहेका हुनसक्छन् । 

युरोपमा चाहिँ अब विस्तारै रेष्टुरेन्ट खुल्न थालेका छन् । त्यस्तै, चेक रिपब्लिकमा पनि सोमबारबाट रेष्टुरेन्टहरु खुल्न थालेका छन् । 

अनि यही खुसीमा त्यहाँको एक मदिरा उत्पादक कम्पनीले चाहिँ यसलाई खुसीको साथ मनाउने विचार गरेको छ । 

यो कम्पनीले अब रेष्टुरेन्टमा उनीहरुको एक बियर अर्डर गर्नेलाई अर्को एक बोतल बियर फ्रि दिने योजना ल्याएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्