२ प्रतिशत नेपालीकाे काेराेना परीक्षण हुने: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथामका लागि परीक्षणको दायरा विस्तार गरिने बताएका छन्। कूल जनसंख्याको कम्तीमा दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याइने उनले उल्लेख गरेका छन्।

आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले परीक्षणको दायरा विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरिने, यसलाई अझ उन्नत बनाइनेसमेत बताए।

“विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ”, प्रधानमन्त्रीले सम्बोधनमा भने।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १७:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया