अर्घाखाँचीमा पनि भेटिए कोरोना संक्रमित

पछिल्लो समय प्रदेश ५ मा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अब प्रदेश ५ को अर्घाखाँचीमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

यसअघि प्रदेश ५ को तराईका जिल्लामा र पहाडी जिल्ला गुल्मीमा मात्र कोरोनाभाइरस संक्रमित भेटिएका थिए । 

सोमबार प्रदेशको अर्घाखाँचीमा पनि कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको हो । जिल्ला नाकाहरु पूर्णरुपमा बन्द गरिएको अर्घाखाँचीमा भारतबाट आएका दुई पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पाणिनी गाउँपालिका वडा नं। ८ का दुईजना भारतबाट अर्घाखाँचीमा आएका थिए । उनीहरु १९ र ४३ वर्षका छन् । 





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ५:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया