राजाको फोटो भएको नोट प्रतिवन्ध छैन: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विगत केही दिनयता सामाजिक सञ्जालमा पूर्वराजाको तस्बिर भएका नोट प्रतिवन्ध लगाउने विषयमा भईरहेको बहस सत्य नभएको जनाएको छ।  

मुलुकका बैंक तथा वित्तीय संस्थालाई नयाँ नोटको नीतिलाई पूर्णरुपमा कार्यान्वयमा ल्याउन निर्देशन दिएको भन्दै सामाजिक सञ्जालमा यसको गलत ब्याख्या भएको राष्ट्र बैंकले जनाएको छ।  

‘बैंक तथा वित्तीय संस्थालाई सफा नोट नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न दिर्नेशन दिएका हौं’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘ मुलुकका बैंक तथा वित्तीय संस्थालाई सफा नोट नीति कार्यान्वयमा ल्याउन पत्राचार गरेको बताउँदै उनले राजाको तस्बिर भएका नोट प्रतिवन्ध लगाउने विषयमा छलफल समते भएको छैन।’

‘मुलुक कोरोना भाइरसविरुद्धको लडाईमा छ’ उनले भने, ‘यस्तो आपतकालिन परिस्थितीमा राजाको फोटो भएका नोटमा प्रतिबन्ध लगाइएको होइन तर, पुराना नोटबाट पनि कोरोना भाइरस संक्रमण हुने भएकाले राजाका तस्विर भएका मात्र नभई सबै पुराना नोटलाई चलनचल्तीमा नल्याउन निर्दैशन दिएको हौं।’ आजकाे नागरिक दैनिकमा समाचार छ ।

‘क्लीन नोट’ को नीति पूर्णरुपमा कार्यान्वयन गर्ने उदेश्यले सम्पूर्ण बैंक वित्तीय संस्थालाई आगामी दिनमा यसको पूर्ण कायान्वयन गर्न निर्देशन दिइएको उनले बताए। पूर्वराजाको तस्बिर भएका नोट कसैले सम्झनाका लागि राखेपनि चलनतल्तीमा नरहेको उनले बताए।  

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले सफा नोट नीतिलाई पूर्णरुपमा कार्यान्वयमा ल्याउन प्राप्त भएका नोटलाई वर्गिकरण गर्नूपर्ने छ।  



दैनिक रुपमा बैंकमा आउने नोटलाई एटिएमबाट चलाउन योग्य, काउन्टरबाट भुक्तानी गर्न योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन भागमा वर्गिकरण गर्न पर्नेछ।  

राष्ट्र बैंकका अनुसार अब बैंक वित्तीय संस्थाले एटिएमको माध्यमबाट चलनचल्ती गर्न योग्य नोटको प्याकेटमा हरियो रङ्को स्लिप प्रयोग गर्नु पर्नेछ।  



त्यसैगरी, काउन्टरबाट भुक्तानी गरी प्रयोग गर्न सकिने नोटमा प्याकेटमा सेतो रङ्को स्लिप प्रयोग गर्नुपर्छ भने प्रयोग गर्न नसकिने खालका नोटको प्याकेटमा रातो रङ्को स्लिप प्रयोग गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ।  

  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ५:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया